Wednesday, June 22, 2011

मेरा केही तरङ हरु


जीवन असफलता हो,जीवन दुर्भाग्य हो,
मनिस यसै नि दु:खी छ,उसै पनि दु:खी छ
सधैं को रित्तो हात ,रित्तो मन फर्कन अभ्यस्त छ मान्छे

भावनामा बहेर, सपनामा शैर गर्दै, स्वर्निम संसारमा हृदयमा राज गर्नेछौ , 
मेरो हृदय को बन्द कोठामा नै रहनेछौ ,तिम्रो माया पनि बन्द कोठामा नै रहनेछ ...... बन्द कोठामा नै रहेनेछ|


तिमी जती टाढा भाग्ने कोशीस गर्छौ मदेखि , 
म तेती नै नजिक भएको महसुस गर्नेछौ तिमीले


मनिस मा माया र भावना को हत्या भैसकेप६ि पनि 
मनिस बाच्छ तर मानिस  एउटा मेशिन बराबर हुने६।। 

हरेक मानिस आफुसँग कैलाई एक्लो हुन सक्दैन ।।
यो जुन एकान्त भन्छौ त्यो सबै भर्म  मात्र हो ।। 

जीवन असुर्क्षित छ र त सुन्दर छ , प्रेम जीवन भन्दा नि असुर्क्षित र सुन्दर हुन्छ


यथार्थता जिन्दगीको

दिनभर हिड्ने न हो, रातपरेपछि बास बस्नैपर्छ ।
अजम्वरी को छ र, अन्तत: कालको जालमा फस्नैपर्छ ।
आकाशमा जति नै उडेपनि, शून्यमा महल बन्दैन ।
आखिरीमा सबको साझा, यही धरतीमा नै खस्नैपर्छ ॥

दुखी जिवनमा जति आँसु झारेपनि, इच्छा त्यसै मरेर जाँदैन ।
तितो यथार्थ बुझ्नलाई, समुद्रको गहिराइमा पस्नैपर्छ ।।

असारे महिनाको याद

घरबारीको बिउ लगेर,बारी रोप्ने बेला ।
हुद्धा,पर्म गर्दै वारी, पारी रोप्ने बेला ॥
हली बाउसे खेताली नहुँदा गाउँमा अैले ।
बाँझा गरा पाती फुल्दै,टारी रोप्ने बेला ॥

Tuesday, June 21, 2011

गजल


निस्ठुरिलाई मन दिये गरे ठुलो भुल 
अजम्बरी हैन रहेछ झरी जाने फुल


कती माया गर्थे तिमीलाई नै थाहा होला-2
यो मन मा फुटिरहे मायाका मुल 
अजम्बरी हैन रहेछ झरी जाने फुल 
तिम्रो प्रतिक्षामा बितिरहे दिन अनी रात हरु -2
यो मन मा बनिरह्यो जिबन को तुल 
अजम्बरी हैन रहेछ झरी जाने फुल 
अन्योल मा पारीरहने स्वार्थी रहेछ तिम्रो मन -2
गल्ती भयो मेरो बालुवामा बनाएर पुल 
अजम्बरी हैन रहेछ झरी जाने फुल 
तिम्रो मनमा अरु कोही छ कि भन्ने थाहा नपाई -2
तिमीलाई मन पराउनु भयो मेरो भुल 
अजम्बरी हैन रहेछ झरी जाने फुल 


निस्ठुरिलाई मन दिये गरे ठुलो भुल 
अजम्बरी हैन रहेछ झरी जाने फुल  

मेरो देश नेपाल


परिचित छ मेरो नेपाल गरीब मुलुक भनी 
तर प्राकृतिक सम्पदा को विश्वमा नै धनी 


नदिनाला हज्जारौ छन प्रशस्त छ पानी 
हरिया बन जङल अग्ला हिमालहरु अनी 


महिला पनि शाहसी छन चद्छन् सगरमाथा 
विश्वमा नै नेपालीको  गाउछन बिर गाथा 


अमरसिह भिमसेन जस्ता वीर योद्धा को देश 
आर्थिक रुपमा गरीब भये नि खाने ६ैन हरेश


साहित्यमा लक्ष्मीप्रसाद बने माहाकवी 
रामायान लेख्ने भानुभक...