Tuesday, April 11, 2017

सस्मरण

स्मृति पटमा हरपल उपस्थित हुने तिमि म बाट अलग्गिएर पनि  अलग्ग हुन सकेनौ है |
    तिमी लाई त मैले उहिल्यै दोबाटो मा छोडेर आएकी थिये  तर पनि तिमि त मेरो पिछा गर्दै गर्दै मेरो मन मै  समाहित भैसकेछौ |

सुख या   दुखका  हरेक पल लाई स्मृतिका पाना मा  लुगा झैँ  पत्तायेर राख्न नखोजेको त कहाँ हो र? तेइ पनि भोको पेट भर्ना अनि बन्द भए पनि सारा संसार घुम्न सक्ने यी आखाँ को तृष्णा मेट्न  म अलि ब्यस्त भएको नाटक गर्ने गर्छु  
मेरो ब्यस्त जिन्दगीलाई अस्त व्यस्त बनाउन तिमि  मेरै साथमा हुन्छौ .. एकछिन थकाई लागेर सुस्तौदा पनि  अगाडी होस् या पछाडी बाट तर्साउने गर्छौ किन? 
कहिले कहिँ लाग्छ यी सारा  संस्मरण हरुलाई स्मृति पट बताई मेटाई दिउ  अनि  जीवन लाई एक खाली पाना बनाउ र आरामको जिन्दगी बाचौ.... अहँ त्यो पनि सम्भब होला जस्तो लाग्दैन|सजिलो गन्तव्य बन्ला जस्तो लाग्दैन...बरु साथमा नया नया संस्मरण हरु थपिने हुन कि भनेर डर पो लाग्छ |
 मलाई त तिमि म बाट अलग्गै हुदाको क्षण सम्झेरै मन खल्बलिन थाल्छ |
तिम्रो नाम सुनेरै मान्छे हरु  एकछिन गम खाने गर्छन ..तिमि साच्चिकै को होउ या  मेरो  कल्पनाको पात्र भनेर ..कति पय ले त तिमि लाई  र मलाई कुकुर बिरालाको साथित्व जस्तै पनि  भन्नेछन|

तिम्रो नाम को  फ्यान थिये मा कुनै बेलामा किनकी तिम्रो नाम नै  यती मिठो छ "संस्मरण "... तर अचेल तिमि मेरो फ्यान हुन खोज्दैछु रे ..मेरा हरेक घटना दुर्घटना लाई  आफ्नो नाम सग जोडेर मसग नजिक हुन खोज्छौ.
अनि मन भित्र भित्रै कहिले मानसिक द्वन्द त कहिले शान्ति को अन्तर युद्द संचालन गर्छौ रे |  
 तिमि लाई खास गरि बहस गर्न कति रमाइलो लाग्छ है..म पनि बहस गरेर तिमीलाई जित्न त कहाँ दिन्छु 
र? तिमि लाई  हार स्वीकार गर्न हम्मे परेको देखेर लाग्छा कहिलेकाही  तिम्रा लागि एक क्षण हारिदिएर तिमि लाई जिताई दिउ तर के  गर्नु  समय ले सिमा काटी सकेपछी समय सान्दर्भिकता अनुसार फेरी जित मेरै पोल्ट मा पर्न जान्छ |सायेद तेइ बेला तिमीलाई फेरी  पिडा हुन्छ होला तर पनि तिमि मेरो खुसीमा एकपटक मुस्काई दिन्छौ लगत्तै अर्को अन्तर द्वन्द मा जित्ने अठोट पनि |
 हे "संस्मरण " तिमि हामी जति नै  प्रतियोगिता गरौ आखिर हार जित बराबरी हुनेछ हाम्रो |
सायेद तिमि नभएको भए म आज यी मानिस हरु सग यसरी बहस गर्न सक्ने थिएन होला तिमीले नै त हो मलाई बहस गर्न सिकाएको तर तिमीले किन मलाई हार स्वीकार गर्न सिकाएनौ ..खाली जित को लोभ म नया नया संस्मरण हरु को साथी बनाईदियौ??