Tuesday, April 11, 2017

सस्मरण

स्मृति पटमा हरपल उपस्थित हुने तिमि म बाट अलग्गिएर पनि  अलग्ग हुन सकेनौ है |
    तिमी लाई त मैले उहिल्यै दोबाटो मा छोडेर आएकी थिये  तर पनि तिमि त मेरो पिछा गर्दै गर्दै मेरो मन मै  समाहित भैसकेछौ |

सुख या   दुखका  हरेक पल लाई स्मृतिका पाना मा  लुगा झैँ  पत्तायेर राख्न नखोजेको त कहाँ हो र? तेइ पनि भोको पेट भर्ना अनि बन्द भए पनि सारा संसार घुम्न सक्ने यी आखाँ को तृष्णा मेट्न  म अलि ब्यस्त भएको नाटक गर्ने गर्छु  
मेरो ब्यस्त जिन्दगीलाई अस्त व्यस्त बनाउन तिमि  मेरै साथमा हुन्छौ .. एकछिन थकाई लागेर सुस्तौदा पनि  अगाडी होस् या पछाडी बाट तर्साउने गर्छौ किन? 
कहिले कहिँ लाग्छ यी सारा  संस्मरण हरुलाई स्मृति पट बताई मेटाई दिउ  अनि  जीवन लाई एक खाली पाना बनाउ र आरामको जिन्दगी बाचौ.... अहँ त्यो पनि सम्भब होला जस्तो लाग्दैन|सजिलो गन्तव्य बन्ला जस्तो लाग्दैन...बरु साथमा नया नया संस्मरण हरु थपिने हुन कि भनेर डर पो लाग्छ |
 मलाई त तिमि म बाट अलग्गै हुदाको क्षण सम्झेरै मन खल्बलिन थाल्छ |
तिम्रो नाम सुनेरै मान्छे हरु  एकछिन गम खाने गर्छन ..तिमि साच्चिकै को होउ या  मेरो  कल्पनाको पात्र भनेर ..कति पय ले त तिमि लाई  र मलाई कुकुर बिरालाको साथित्व जस्तै पनि  भन्नेछन|

तिम्रो नाम को  फ्यान थिये मा कुनै बेलामा किनकी तिम्रो नाम नै  यती मिठो छ "संस्मरण "... तर अचेल तिमि मेरो फ्यान हुन खोज्दैछु रे ..मेरा हरेक घटना दुर्घटना लाई  आफ्नो नाम सग जोडेर मसग नजिक हुन खोज्छौ.
अनि मन भित्र भित्रै कहिले मानसिक द्वन्द त कहिले शान्ति को अन्तर युद्द संचालन गर्छौ रे |  
 तिमि लाई खास गरि बहस गर्न कति रमाइलो लाग्छ है..म पनि बहस गरेर तिमीलाई जित्न त कहाँ दिन्छु 
र? तिमि लाई  हार स्वीकार गर्न हम्मे परेको देखेर लाग्छा कहिलेकाही  तिम्रा लागि एक क्षण हारिदिएर तिमि लाई जिताई दिउ तर के  गर्नु  समय ले सिमा काटी सकेपछी समय सान्दर्भिकता अनुसार फेरी जित मेरै पोल्ट मा पर्न जान्छ |सायेद तेइ बेला तिमीलाई फेरी  पिडा हुन्छ होला तर पनि तिमि मेरो खुसीमा एकपटक मुस्काई दिन्छौ लगत्तै अर्को अन्तर द्वन्द मा जित्ने अठोट पनि |
 हे "संस्मरण " तिमि हामी जति नै  प्रतियोगिता गरौ आखिर हार जित बराबरी हुनेछ हाम्रो |
सायेद तिमि नभएको भए म आज यी मानिस हरु सग यसरी बहस गर्न सक्ने थिएन होला तिमीले नै त हो मलाई बहस गर्न सिकाएको तर तिमीले किन मलाई हार स्वीकार गर्न सिकाएनौ ..खाली जित को लोभ म नया नया संस्मरण हरु को साथी बनाईदियौ?? 

Tuesday, February 5, 2013

गजल #फेब्रुअरी_फेवर

हाँसो रंग जे भएनी वास्तविकता अर्कै हुन्छ
मैले जस्तो माया दिने  यो संसारमा तिम्लाई कुन छ ?

अरु हरुले जे नै भनुन तेस्को के  नै मतलब भो र -२
नपत्याउ सबै कुरा जुन जुन तिम्रो कानले सुन्छ

नसोधन तिमि मलाई कति माया गर्छौ  भनि -२
मन  चिरिन्छ मेरो हेर जब तिम्लाई पिडा हुन्छ
नमान है डर तिम्ले स्वार्थी यो समाज को-२
जस्तै आपत परे पनि प्रेम आफैबाटो बुन्छ

माया हाम्रो अमर रहोस येई कामना  गरौ  हामी -२
कम्जोर छैन हाम्रो माया जसको साक्षी तारा जुन छ

हाँसो रंग जे भएनी वास्तविकता अर्कै हुन्छ
मैले जस्तो माया दिने  यो संसारमा तिम्लाई कुन छ ?

Monday, November 5, 2012

जिन्दगी

जिन्दगी ....
अलिकति अनुबन्ध
अलिकति सम्झौता
र अलिकति बिद्रोह पनि

मर्म को एउटा पुरानो   घाऊ
एउटा बल्झी रहने प्रसङ्ग
 आक्रामक प्रश्नको
अधुरो उत्तर
जिन्दगी...

जुन
कैले कहिँ  सुखद पीडाको मिठो अनुभूति हुन्छ त
कैले कहिँ दुखद खुसीको एकोहोरो पना..... :)

Tuesday, September 11, 2012

माटो को खेलौना

उल्टो बहदैन खोला समय आउछ ,तेस्सै आशु नझार
भोलि के  हुन्छ  थाहै हुन्न ,जिउने आशा नमार

नगर चिन्ता ,नझार आशु मनलाई सम्झाउ
जन्मेर एक दिन मर्नु छ भनेर मनलाई बुझाऊ

दैब को खेल यस्तै छ , हामी त माटो को खेलौना
जन्मेर को पो मर्दैन र ,मर्नु छ एकदिन नगर बिलौना

Friday, March 30, 2012

नारी हुनुमा दोश कस्को ?????

ूवरदान होकी अभिशाप जिन्दगानी नचाहेर बाच्नुपर्ने
पीडा व्यथा दमन गरी बाध्यतामा हास्नुपर्ने

परिचयः सभ्यताको आदिकालदेखि नै नारी आदि सत्ता सङ्घर्षको प्रतीक हुन् नारी भन्नाले यो सृष्टिलाई सयौंकालसम्म जीवन्त राख्ने मानिस हुन् नारीलाई धर्ती माता कतै देवीका रुपमा पनि लिइन्छ
हाम्रो समाजमा नारी कसैको छोरी कसैकी बुहारी आमा दिदी बहिनी फुपु काकी इत्यादि यस्तै अनेकौ रुपमा हुन सकिन्छ समय परिस्थिति अनुसार एउटी नारी नै सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्छ कुनै लोक कथा होस् या दन्त्यकथा मा नारी व्यथाको नै चर्चा गरिएको दुःखको कुरा यही त्यही नारी पटकपटक दुःखी बनिरहनु परेको उसको विद्रोह एउटा सानो पिजडा भित्र मात्र सिमित भएको
नारीले विभिन्न क्षेत्रमा खप्नुपरेका सास्ती पीडा दमनहरु छोटकरीमा प्रस्तुत गरेर यहाँहरु म्ाझ नारी हुनुमा दोष कसको भन्ने प्रश्नोत्तर गर्न चाहन्छु
राजनितिः नेपालको पृष्ठभुमिलाई लिएर हेर्दा नारीलाई हक अधिकारका नामा ३३% अधिकार छुट्टाइएको तर त्यो कागजमा लेखिएको व्यवहारमा प्रयोग गर्न सकिएको छैन जस-जसको कागजमा नारीलाई त्यो अधिकार छुट्टयाए तिनीहरु स्वंयले आफ्नो घरकी नारीलाई त्यो अधिकार दिएएन भने खै अरु नारीले कसरी ३३ % अधिकार पाए  
परिवार/ समाजः एउटी आमाले छोरा होस या छोरी दुवै सन्तानको लागि आफ्नो गर्भभित्र महिना राख्छिन छोरा छोरीका निम्ति भनेर छुट्टाछुट्टै प्रसव वेदना हुँदैन दुवैलाई समान प्रसववेदना पिडा संघर्षमा जीवनदान गर्छिन
एउटा नारीले आफ्नो परिवारका लागि बच्चासँगै घरायसी काम धन्दा सरसफाइ पकाईतुल्याई गर्ने सम्पूर्ण कार्य एक्लै सकाउनुपर्छ त्यतिमात्र कहाँ हो आधुनिक जमाना सँगै नारी कार्यालयमा पनि काम गर्ने गर्छन् उनीहरुलाई समयमै अफिस पुग्नुपर्ने बाध्यता हुन्छ नत्र त्यही नोकरीबाट नै छुटकारा मिल्न सक्छ
पूरुषलाई लाग्ने थकाई नारीलाई पनि लाग्छ किनकी पनि अचेल कार्यलय धाउने गर्ने तर खै पुरुष मित्रहरुले आफ्नी सहपाठीलाई कहीं कतै सहयोग गरेको देखिदैन प्रायः गरी घरभिधका कि्रयाक्लापहरुमा
अर्को तर्फ हाम्रो समाजमा आफ्नो दायित्व वा कर्तव्य स्वरुप आमाबाबुले छोराछोरीको विवाह गरिदिनु दायित्वबाट अलगिएर बस्नु भन्ने ठान्दछन्
यहाँ बिहे गरेर छोरीलाई पराइ घरमा पठाएपछि उसको अवस्था के कस्तो जन्मघर छोडेर गएकी छोरी पराइघरमा रमाउन सकेकी ÷छैन त्यहाँको संस्कारमा घुलमिल हुन सकेकी ÷छैन केही मतलब हुँदैन यहानेर के छोरीका निम्ति सबै ढोका बन्द हुन उसले आफ्नो दुःख सुख पीडा हाँसो रोदन तिनै जीवनदान गर्ने बाबुआमा वा अरु कसैलाई पनि पोख्न सक्तिन किन 
त्यस्तै कर्मघरमा सासुको रुपमा होस या कहिले सौताको रुपमा नारीको शत्रु भएर नारी नै आउँछे हृदयलाई छिया-छिया बनाउँछन् नारीलाई नारी व्यवहार गरिदैन बुहारीलाई बुहारी व्यवहार गरिदैन यसरी नारीले आफ्नो नारीत्व नै बिस्रन पुग्छे किन नारी नै नारीको शत्रु भएकी छे 
संस्कृतिः विभिन्न सामाजिक सांस्कृतिक रुपमा या रीतिरिवाज चलि आएका रुढीवाढी कुराहरुमा होस् नारीहरु अझै पनि उत्पीडित छन् कतै बोक्सी कतै अलच्छिनी कतै के कतै के उपनामले नारीहरु चिनिन्छन् अझै पनि नेपालको सुदुरपश्चिम क्षेत्रमा रजस्वला हुदाँ नारी गोठमा सुत्नुपर्छ छाउपाडी प्रथा कार्यमै हाम्रै समाजमा पनि दिनसम्म पूजापाठ गर्न मनाही गरिन्छ
आधुनिक या यो शिक्षित समाजलाई मध्यनजर गर्दै समाजको तेश्रो आँखाको रुपमा रहेको साचार माध्यम मा हेरौ है एकैछिन - नेपालको साप्ताहिक पत्रिकाको मध्यपृष्ठमा दिइने ब्लोअप किन सधै नारीको मात्र हुन्छ किन तेहा पुरुष मित्रको ब्लोअप दिइदैन त्यस्तै म्युजिक भिडियोहरुमा नारीको अर्धनग्न शरीर प्रस्तुत गरिन्छ किन 
त्यस्ते सुन्दरी प्रतियोगिताको नाममा नारीको बौद्धिक परीक्षण्नभइ शारीरिक परीक्षण बढी गरिन्छ यहानेर पनि नारीलाई प्रयोग गरिएको किन 
निष्कर्ष यसरी चाहे शिक्षित वा अशिक्षित परिवार होस् समाजमा होस् सांस्कृतिक रीतिरिवाजमा होस् नारीहरु जहाँ कही पनि शोषित छन् कुनै नारी आफूले समाजसंघ संर्घष गरेर केही सक्षम सबल हुन्छिन सफलताको सिढी चढ्न खोज्छिन -याङ नै लडाइदिन्छन् किन जीवनदान गर्ने परिवार प्रति आफ्नो जीवन समर्पित गर्ने चाहन्छे भने त्यहानेर पनि आफ्नै आमाबाबुकी बोझ बन्छे समाजका आँखामा कसिँङगर हुन पुग्छे यसरी नारी घरघरमा परिवारमा समाजमा आज पनि कुनै अपेक्षितर कतै घृणाको पात्र बनेकी छन् यी सबका दोषी को हुन् के नारी हुनु दोष हो की उसलाई जन्मदिने आमाको दोष या समाज कि सारा सृष्टि गर्ने परमप्रभुको यो दोष कसको हो भन्ने प्रश्न आज पनि निरुन्तर
न|री हुनुमा दोष कसको 