Tuesday, February 5, 2013

गजल #फेब्रुअरी_फेवर

हाँसो रंग जे भएनी वास्तविकता अर्कै हुन्छ
मैले जस्तो माया दिने  यो संसारमा तिम्लाई कुन छ ?

अरु हरुले जे नै भनुन तेस्को के  नै मतलब भो र -२
नपत्याउ सबै कुरा जुन जुन तिम्रो कानले सुन्छ


नसोधन तिमि मलाई कति माया गर्छौ  भनि -२
मन  चिरिन्छ मेरो हेर जब तिम्लाई पिडा हुन्छ
नमान है डर तिम्ले स्वार्थी यो समाज को-२
जस्तै आपत परे पनि प्रेम आफैबाटो बुन्छ

माया हाम्रो अमर रहोस येई कामना  गरौ  हामी -२
कम्जोर छैन हाम्रो माया जसको साक्षी तारा जुन छ

हाँसो रंग जे भएनी वास्तविकता अर्कै हुन्छ
मैले जस्तो माया दिने  यो संसारमा तिम्लाई कुन छ ?



2 comments: