Saturday, November 5, 2011

मेरो एउटा साथी


जब तिमी टाढा भएऊ अनि  छटपटिन थाले
 निहु पारी भेट्ने गर्थे सधैं सधैं साँझ मा 
 म संगै पढयौ हास खेल  गर्दै आज सम्म  

मुटु भरी पिडा लुकाइ सबै सामु कसो गरी हास्नु 
किताब मा हेरेपनी तिम्रै यादमा हराउछु 
झस्किएर सपनीमा तिमीलाई नै बोलाउछु 


 तिमीलाई नि यस्तै हो कि मलाई मात्र हो 
यो मुटुमा बसी सक्यौ   अमित छाप बनी 
फोन पनि गरेनौ बसेका पो हौ कि कतै माया मारी

बाध्यता र बिवशता चुनौती दिदै 
चोटै चोट सँगलेर यो छातीमा
रोजिसके तिमीलाई नै असल साथीमा  

3 comments: