Tuesday, June 21, 2011

मेरो देश नेपाल


परिचित छ मेरो नेपाल गरीब मुलुक भनी 
तर प्राकृतिक सम्पदा को विश्वमा नै धनी 


नदिनाला हज्जारौ छन प्रशस्त छ पानी 
हरिया बन जङल अग्ला हिमालहरु अनी 


महिला पनि शाहसी छन चद्छन् सगरमाथा 
विश्वमा नै नेपालीको  गाउछन बिर गाथा 


अमरसिह भिमसेन जस्ता वीर योद्धा को देश 
आर्थिक रुपमा गरीब भये नि खाने ६ैन हरेश


साहित्यमा लक्ष्मीप्रसाद बने माहाकवी 
रामायान लेख्ने भानुभक...

3 comments:

  1. Replies
    1. वास्तविकता अर्कै रहेछ मित्र
      देशमात्र भनेको त, जनता रहेछ भित्र
      देशले रगत माग्न बिर्सिसक्यो आज
      लाग्छ देशहरूमाझ मेरो देश मान्दैछ लाज
      के देउताले रगत माग्छन ?
      के आफ्नै सन्तानको वलि ताक्छन् ?
      देश भनेको देउता रहेछ मित्र
      आफ्नो जीवन जीउने वहानामा कोरिएको कुरुप चित्र
      करोडौँ स्वार्थहरूको एउटा पुञ्ज
      अनगिन्ति अमानवहरूले कुहाएको कुञ्ज
      देश
      मेरो देश त बालखैमा बहुलाईसक्यो
      भन्दैछ आँफूसँगै जन्मेकाले नौमति बजाईसक्यो
      मेरो देश बल्ल ताते ताते गर्दो छ
      मेरो देश पल पल दिन दिन नाङ्गिँदो छ
      जीउभर माकुरे जालो झाँङ्गिदो छ
      मेरो देश नैराश्यताको चरमतामा आफ्नै रगत चाख्दो छ
      न कि बिचरा जनताको रगत माग्दो छ
      भन्यौ नि मित्र यी जनताको रगत बेकम्मा भैसक्यो
      जनता अब देशको लागि हैन आफ्नो दुनोमात्र सोझ्याउने निकम्मा भैसक्यो
      देशले अब रगत माग्दैन , ऊ बलि माग्दछ
      किञ्चित देउताझैँ
      ऊ म्रित्यु कुरिरहेछ
      ईच्छा म्रित्युको लालसामा कठघरामा पेश भैरहेछ
      सारा जनता उसको पक्षमा निर्लज्ज हस्ताक्षर गरिरहेछन्
      देश हातमा प्लेकार्ड बोकेर अमिलो आँशु चुहाउँदो छ
      प्लेकार्डमा कुँदिएको छ
      सन्तानद्वारा सन्तानको निम्ति सन्तानले माग्ने रगत (सन्तानकै )- प्रजातन्त्र ! लोकतन्त्र !! गणतन्त्र!!!

      my creation for same country- maatra farak rang ma, farak ras ma. hajur swochchhandatabaadi- ma frustratedbaadi for the moment. haha

      Delete
  2. wow!! ..tei ta man6e anusarka farak dristikon...:p

    ReplyDelete